दाङमा सर्पको डसाइबाट बालकको ज्यान गयो

दाङ असार ३० – सर्पको डसाइबाट दाङमा गएराति २२ महिने बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिका–१३ रनियापुरका एनिस परियार रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घरमा खेल्दै गरेका बालकलाई सर्पले हातमा डसेको थियो । घटनापछि तत्कालै परिवारले उनलाई तुलसीपुर राप्ती प्रादेशिक अस्पताल पुर्‍याएका थिए । अस्पतालमा उपचारकै क्रममा बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर