सुनको भाउ चार सय रुपैयाँले बढ्यो

काठमाण्डौ असार ३० – सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ । सुनको भाउ चार सय रुपैयाँले बढेर तोलाको एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९२ हजार नौ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ३० रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ८५ रुपैयाँमा कारोबार थियो ।