कञ्चनपुरको कारागारमा क्षमता भन्दा तेब्बर कैदी

कञ्चनपुर साउन ३ – कञ्चनपुर जिल्ला कारागार महेन्द्रनगरमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको छ ।

जिल्ला कारागार कार्यालय कञ्चनपुरमा महिला र पुरुषका लागि एक सय ६० जना बन्दी राख्ने क्षमता भए पनि कारागारमा क्षमता भन्दा तेब्बर अर्थात् ४ सय ५६ जना कैदी बन्दी राखिएको छ ।

कञ्चनपुरका निमित्त प्रमुख रामदत्त जोशीले अहिले कारागारमा सबैभन्दा धेरै लागूऔषधका १ सय ६७ जना कैदीबन्दी रहेको बताउनुभयो ।

त्यसैगरि महिला हिंसा, चोरी, ठगी, जबरर्जस्तीकरणी, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ ।

कारागारमा महिला बन्दीको क्षमता २० जना र पुरुष बन्दीको क्षमता एक सय ४० जना हो । कारागारमा अन्य जिल्लाबाट समेत कैदीबन्दी स्थानान्तरण भएर आउने गरेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर