घोराहीमा नेपालगञ्ज रेष्टुरेन्ट
घोराही, १० माघ ।
दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ अदालत नजिक नेपालगञ्ज सेकुवा द फ्याम्ली रेष्टुरेन्ट सञ्चालनमा आएको छ । नयाँ ब्यबस्थापनका साथ उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याएको सञ्चालक सुरज खड्काले बताए । उनले नेपाली खाना, रोटी, लञ्च, डिनर तथा खानाको व्यबस्थापन गर्नकालागि उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याएको बताए ।
शुक्रबार एक कार्यक्रमकाबीच उक्त रेष्टुरेन्टको उद्घाटन गरिएको हो । दाङ उद्योग बाणिज्य संघका अध्यक्ष टंक बुढाथोकीले उक्त रेष्टुरेन्ट उद्घाटन गरेका हुन् । त्यस अवसरमा बिशिष्ट अतिथिका रुपमा होटल व्यबसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगीलगायतको सहभागिता रहेको थियो । करिब ५० लाखको लागतमा उक्त रेष्टुरेन्ट सञ्चालनमा आएको हो ।