दलित मुक्ती संगठन दाङको संयोजकमा टंक, सहसंयोजकमा हिरा

तुलसीपुर, १० माघ ।

दलित मुक्ती संगठन दाङको संयोजकमा टंक सुनारलाई चयन गरिएको छ । शुक्रबार भएको एकता भेलाले पूर्व एमाले निकट उत्पीडित मुक्त समाजबाट सुनारलाई संयोजक चयन गरिएको हो ।

त्यस्तै संगठनको सहसंयोजकमा पूर्व माओवादी निकट नेपाल दलित मुक्ती मोर्चाका हिरा सुनार‘सारथी’लाई चयन गरिएको हो । सम्मेलन आयोजक समितिका रुपमा रहेको उक्त संगठनको एकसय ५५ सदस्यीय रहेका छन् ।

दुई पार्टी एक भएपछि केन्द्रमा नाम टुंगिएपनि जिल्लामा एकता हुन सकेको थिएन । यसैसन्दर्भमा शुक्रबार तुलसीपुरमा कार्यक्रम गरि एकता भेला गरिएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर