लायन्स क्लबको भवनको उद्घाटन

तुलसीपुर, १० माघ ।

लायन्स क्लव अफ दाङले तुलसीपुरमा निर्माण गरेको लायन्स भवनको सनिवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । तुलसीपुर– ६ गाईडहरमा निर्माण भएको लायन्स भवनको उद्घाटन लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टुका गभर्नर एमजेएफ लायन शम्भु नकर्मीले गरेका हुन् ।

लायन्स क्लव दाङका अध्यक्ष सुरेश हमालको अध्यक्षता तथा लायन्स क्लवस इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु का गभर्नर एमजेएफ लायन शम्भु नकर्मीको प्रमुख आतिथ्यता एव तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेको विशिष्ट आतिथ्यमा भएको भवन उद्घाटन भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नकर्मीले लायन्स क्लव दाङले भवन निर्माण गरि लायन्सको एक इट्टा थपन सफल भएको बताए । उनले लायन्स क्लव दाङले गर्ने हरेक सामाजिक कामहरु राम्रो भएको भन्दै भविष्यमा पनि थप प्रगतिको शुभकामना व्यक्ति गरे । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले लायन्स क्लव दाङले सवैको साथ र सहयोगबाट लायन्स भवन निर्माण गरि उदाहरणीय कार्य गरेको भन्दै धन्यावाद दिए । उनले उपमहानगरपालिकाले लायन्स सामुदायिक अस्पताल सञ्चालनका लागि सहयोग र साझेदारी गर्ने भन्दै त्यसको योजना बनाउ आग्रह गरे । भवन उद्घाटन कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष नवराज लामिछाने, भवन निर्माण समितिका संयोजक क्लवका पूर्व अध्यक्ष यज्ञबहादुर केसी,क्लवका पूर्व अध्यक्ष एम.जेफ विनोद कुमार श्रेष्ठ, मुकुट ढकाल, लभ अधिकारी, एनप्याव्सनका प्रदेश संयोजक सुवोद डाँगी, महिलानेतृ सुष्मा गिरी, इलाका प्रहरी कार्यालयका प्रमुख शिवबहादुर सिंह, रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, लियो क्लव अफ तुलसीपुर दाङका अध्यक्ष सन्तोष केसी , निर्माण समितिका सदस्य गणेश अधिकारीलगायतले बोलेका थिए । सो अवसरमा लायन्स क्लवका सहकोषाध्यक्ष सुमन डाँगी भवन निर्माणको वारेमा प्रकाश पारेका थिए । भवन उद्घाटन कार्यक्रममा भवन निर्माण गर्न सहयोग गर्ने दाताहरु, क्लवका पूर्व अध्यक्षलगायत सहयोग गर्ने सवैलाई सम्मान गएरिएको थियो । त्यस्तै नयाँ सदस्यहरुलाई स्वागत समेत गरिएको थियो । त्रिशिद्धेश्वरी महिला क्वलका अध्यक्ष यमुना शाहको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण क्लवका सचिव विनिल केसी र सहसचिव भोजराज न्यौपानेले गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर