दूरविनविधीबाट एकैदिनमा ३ जनाको अपरेशन

तुलसीपुर, १४ माघ ।
दाङको तुलसीपुर स्थित राप्ती लाइफ केयर हस्पिटल प्रालिमा एकैदिन तीन जनाको दूरविनविधीबाट सफल अपरेशन भएको छ । हस्पिटलका निर्देशक जीवन भण्डारीका अनुसार मंगलबार दूरविन विधीबाट तीन जनाको अपरेशन भएको हो ।
प्रालिले तुलसीपुरमै पहिलो पटक दूरविन विधिबाट अपरेशन सेवा प्रदान गर्न थालिएको हो ।
डा. शुसिल खानिया, डा.रुपेश महतो, खीमा डाँगी, विमला बुढा मगर, इश्वरा केसीसहितको टोलीले अपरेशन गरिरहेको छ । धेरै खर्चिलो पनि नहुँने र आफ्नै ठाउँमा अपरेशन हुने भएपछि सहज भएको छ ।
अब तुलसीपुरमै पित्तथैली, एपेन्डिसाईड, पत्थरी, डाईग्नोष्टिक ल्याप्रोसकपी सेवाकालागि जिल्ला बाहिर जानुपर्ने अबस्थाको अन्त्य भएको छ । सिटि स्क्यान, भिडियो एक्सरे नदेखाएका समस्याहरु समेत यसले सहजै देखाएर उपचार गर्ने निर्देशक भण्डारीले बताए । यो सेवाबाट उपचारकालागि पेट चिर्नुपर्ने, घाउ पाक्ने, लामो समय भर्ना हुनु पर्ने अबस्थाको पनि अन्त्य भएको भण्डारीले बताए ।
अस्पतालले कल्चरसहितको आधुनिक प्रयोगशाला समेत सञ्चालनमा ल्याएको छ । अहिले अस्पतालले सहुलियत सेवा कार्ड पनि वितरण गरेको छ । उक्त कार्ड लिएपछि सोही ब्यक्तिलाई १५ प्रतिशत छुट हुनेछ, भने परिवारका सदस्यलाई १० प्रतिशत छुट हुने निर्देशक भण्डारीले बताए । ५५ बेडको उक्त अस्पतालले विरामीको माग अनुसार सेवा सुविधा थप गर्दै आएको छ । साथै अस्पतालमा जनतालाई बाहिर नजान पनि आग्रह गरेका छौं । यति ठूलो अपरेशन , खर्चिलो बढि भएको छ । साथै अस्पतालले बालरोग बिशेषज्ञ सेवा समेत सुरु गरेको छ । बालरोग बिशेषज्ञ डा. श्रीधर खनालले उक्त सेवा प्रदान गर्ने छन् ।
ब्ततबअजmभलतक बचभब