1 बर्षपछि तुलसीपुर महोत्सवको आय–व्याय सार्वजनिक

तुलसीपुर, २४ माघ ।

दाङको तुलसीपुरमा २०७६ सालमा लागेको महोत्सवको आय–व्याय एक बर्ष पछि सार्वजनिक गरिएको छ । संघको २६औं साधारणसभामा कोषाध्यक्ष डिल्लीबहादुर वलीले आयव्याय सार्वजनिक गरेका हुन् । कोरोनाको महामारीका कारण आयव्यास सार्वजनिक गर्न ढिला भएको उनले बताए । सभाहल निर्माणकालागि भन्दै आयोजना गरिएको महोत्सवबाट ५३ लाख ९० हजार ७५ रुपैया आम्दानी भएको उनले बताए । ८७ लाख ८९ हजार ५ सय १२ रुपैया कारोबार भएकोमा ३३ लाख ९९ हजार ४ सय ३७ रुपैया खर्च कोषाध्यक्ष वलीको भनाई छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर