आउँदाे बुधवारदेखि वर्षा र हिमपातको सम्भावना

तुलसीपुर, 26 माघ ।

मौसम खुलेसँगै गर्मी बढ्ने अनुमान गरेको भए पनि अर्को वायु नेपाल प्रवेश गर्न लागेकाले फेरि चिसो बढ्ने मौसमविद्ले बताएका छन् । 

ग​​एकाे शुक्रवार र शनिवार देशका सबैजसो हिमाली क्षेत्रमा हिउँ र अन्य ठाउँमा पानी पारेकाे वायु नेपालबाट बाहिरिएको भए पनि पश्चिमी वायु फेरि नेपाल प्रवेश गर्न लागेकाले चिसो कायमै रहने मौसमविद् बताउनुभयो । 

आउँदाे बुधवार नेपाल प्रवेश गर्ने पश्चिमी वायुले वर्षा र हिमपात गराउने सम्भावना रहेको छ । झण्डै पाँच महिनापछि गएकाे शुक्रवार र शनिवार काठमाण्डौ सहित देशका धेरै ठाउँमा पानी परेको थियो ।  

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर