तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा चालिसे बिजयी

फागुन २, तुलसीपुर ।

तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा राम प्रसाद चालिसे बिजयी हुनुभएको छ । १६ सय ५९ मत गणना हुदा चालिसेले ८२९ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसको तर्फबाट प्रजातान्त्रिक प्यानल उठेका टेकन प्रसाद बस्नेत हिमालले ७ सय ९५ मत ल्याउनु भएको छ


यस्तै उद्योग उपाध्यक्षमा ललितजंग विजयी हुनुभएको छ । बाणिज्य उपाध्यक्षमा मिनराज भण्डारी विजयी हुनुभएको छ । उनले ९ सय ७१ मतप्राप्त गर्नु भएको छ ।।

यस्तै खुल्ला उपाध्यक्षमा रुपबहादुर खत्री, महासचिबमा विनिल केसी, सचिबमा वेदप्रसाद, कोषाध्यक्षमा देवबहादुर केसी विजयि हुनुभएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर