कश्यप गोतृय अधिकारी बंश कपिलवस्तु तेस्रो अधिबेशन सम्पन्न

शरद अधिकारी चन्द्रौटा ।

आज अधिकारी बंश थरको कश्यप गोतृय अधिकारी वन्श प्रतिश्ठान जिल्ला कार्य समितिको साधारणसभा तथा तेश्रो अधिबेशनले आगामी ३ वर्षका लागि सर्वसम्मत रुपमा पुन: टुक प्रसाद अधिकारिको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमितिको गठन भएको छ।

समितिमा उपाध्यक्ष राम प्रसाद अधिकारी, सचिवमा दुर्गा प्रसाद अधिकारी सह सचिव बुद्धिराम अधिकारी कोसाअध्यक्ष हिमकान्त अधिकारी र सदस्यहरुमा मणिराम अधिकारी, लिलामणी अधिकारी, बिष्णु अधिकारी, अन्जु अधिकारी, चिन्तामनी अधिकारी र लोकनाथ अधिकारी रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथी रेश्मिराज अधिकारिले हरेक वन्श धर्म सामाजिक सस्कारको इतिहासकि ’boutमा बर्तमान अवस्थामा भावी आउने पुस्ताका लागि जानकारी गराए दिनुका साथै संरक्षकत्व तथा जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताए । त्यसै गरि शिवराज नगरपालिकाका नगर प्रमुख तथा अधिकारी का प्रतिश्ठानका सल्लाहकार नेत्रराज अधिकारिले कश्यप रिषिका सन्तती अधिकारी बन्धुले हामीले सबैको भलो हुने र एकाअपासमा बन्धुबान्धबत्वा को भावना जगाउन सके मात्र भाबि पुस्तालाइ राम्रो सन्देश जाने बताए ।

त्यसेगरी सितगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारिले कश्यप रिशीका हामी सन्ततिले राम्रो कामको लागि सधैब हामी र भाबी पुस्ताको लागि राम्रो सत्कर्ममा लाग्न अनुरोध गरे ।

भेलामा वन्श प्रतिश्ठान का अध्यक्ष टुकलाल अधिकारीले बार्शिक प्रतिबेदन पेश गर्दै अधिकारिको पुस्ताको इतिहासको बिकाशको सम्क्षिप्त जान्कारी गराए । कोषाध्यक्ष राम प्रसाद अधिकारिले आर्थिक प्रतिबेदन पेश गर्दै हाल ४२ हजार रकम बचत रहेको जानकारी गराए ।

कार्यक्रम प्रतिश्ठानका केन्द्रिय सदस्य रेश्मिराज अधिकारिको प्रमुख आतिथ्यमा सल्लाहकारहरु नेत्रराज अधिकारि र सुर्य प्रसाद अधिकारिको बिशिस्ट अतिथिमा सन्चालन भएको कार्यक्रममा निर्वाचन मण्डलका सम्योजक रेश्मिराज अधिकारिले निर्बाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाइ सपथ ग्रहण कार्यक्रम गौतम बुद्ध नपा गोरुसिङेमा सम्पन्न भएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर