दोस्रो वडा अध्यक्ष कप सुरु

लक्ष्मण बस्नेत

तुलसीपुर, १७ फागुन ।

तुलसिपुर उपमाहानगरपालिका वडा न १२ दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०७७ सोमबार देखी टरिगाउ खेलमैदान मा सुरु भएको छ । एयरपोर्ट टोल बिकास संस्था तुलसिपुर १२ को आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन कार्यक्रम का प्रमुख अतिथी तुलसिपुर वडा न १२ का अध्यक्ष सुर्य बहादुर डागी – श्याम) ले गरेका थिए ।

उद्घाटन समारोहलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी डागी ले मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको खेलकुदको विकास विना देशको समृद्धी असम्भव रहको बताएका थिए । मावन समाज र अनुशासन को मुख्य मेरुदण्ड खेलकुद हो यसको विकास विना समृद्धी सम्भव छैन अव स्थानिय तह सिंगो खेलकुदको विकासमा जुट्न आवश्यक छ डाँगीले बताए ।

खेलकुद क्षेत्रलाई स्थानिय निकायले हेर्ने दृष्टीकोण अझै साँधुरो छ अब खेलकुदमा स्पष्ट लगानीको खाँचो छ, खेलकुदको उर्वरभुमी दाङलाई खेलमय बनाउन अपेक्षाकृत लगानीको आवश्यक्ता पर्दछ उनले बताए । आयोजक टोल बिकास सस्थाका अध्यक्ष तिलक बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न १२ अध्यक्ष सुर्य बहादुर डागी को प्रमुख आतिथ्यमा भएको थियो ।

टोल बिकास सस्थाका सचीव भरत लामिछनेको स्वागत रहेको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा न १२ का सदस्य मान बहादुर खत्री,शान्ता पुन,रामशरण चौधरी ,टीका बिक, समाजसेवी शिव बुढाथोकी,टोप बहादुर बुढाथोकि लगाएतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन भिम बहादुर बस्नेतले गरेका थिए । तीनदिनसम्म चल्ने प्रतियोगितामा वडा भित्र स्थापित १० टोल बिकास सस्थाका टिम को सहभागिता रहेको छ । यसैबिच प्रतियोगिता मा तुलसिपुर १२ टरिगाउ ले बिजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आयोजक क्वाङी लाई ट्राईवेकरमा शून्य का बिरुद्ध ३ गोल अन्तरले पाखा लगाउदै टरिगाउ ले बिजयी सुरुवात गरेको हो ।

खेलमा टरिगाउका जर्सी न १० खेलाडि डिक्सन केसि ले ह्याट्रिक गरे । उनले खेलको पहिलो हाफ्को १७,दोस्रो हाफ्को २३ र २८ औ मिनेटमा गोल गर्दै टिम लाई ३–० को जित दिलाउन सफल भए । प्रतियोगिता अन्तरगत मंगलबार बिहान टरिगाउ ए र कचिली बि भिड्नेछ्न १ खेल बिहान ७ बजे हुनेछ । खेल अवधिभर रेफ्रीको भुमिका मा एन्फा रेफ्री शिवहरि शर्मा, खुम वलि र सुरेन्द्र चौधरी रहेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर