मानव अधिकार शान्ति समाजको बरिष्ठ उपसभापतिमा शुसिल बस्नेत
तुलसीपुर, २२ फागुन ।
मानव अधिकार तथा शान्ति समाजको वरिष्ठ उपसभापतिमा दाङका सुशील बस्नेत निर्बिरोध निर्बाचित भएका छ्न । कास्कीको पोखरामा भएको राष्ट्रिय परिषद् बैठकबाट बस्नेत निर्बिरोध निर्वाचित भएका हुन । २०५३ सालमा वरिष्ठ मानब अधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वमा शान्ति समाज स्थापना भएको थियो । शान्ति समाजको २४ औ राष्ट्रिय परिषद् आगामी बर्ष कपिलवस्तुमा हुने भएको छ । नव निर्बाचित वरिष्ठ केन्द्रिय उपसभापति बस्नेत २ दशक देखि शान्ति निर्माण,लोकतन्त्र,अहिसा र मानव अधिकारको संरक्षण र प्रबद्र्धनमा सक्रिय रुपमा लागेका छन् ।
बस्नेत लामो समय देखि पत्रकारिता क्षेत्रमा पनि सक्रिय छन् । शान्ति समाज दाङको जिल्ला सदस्य , सहसचिव , ३ कार्यकाल सचिब , जिल्ला सभापति , केन्द्रीय सदस्य , केन्द्रिय सचिब , केन्द्रिय महासचिव हुदै वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
नबनिर्बाचित बस्नेतले शान्ति संस्कृतिको बिकास , मानब अधिकारको सुनिश्चितता, लोकतन्त्रको संरक्षण र सुशासन प्रबद्र्धनमा अझै सशक्त अगाडि बढ्ने प्रतिक्रिया दिए ।
दाङ शाकाका पूर्व सभापति निर्मल नेपाली समाबेशी दलित सचिबमा निर्बिरोध निर्बाचित भएका छन् । देशका ३८ जिल्लाकक ३०० सय बढी प्रतिनिधि परिबेक्षक सहभागी भएको गरि केन्द्रिय अधिबेशनले २ बर्षे कार्यकालका लागि २७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । निर्वाचन समितिका अधिकृत अधिबक्ता महेन्द्र पाण्डेका अनुशार शनिबार सम्पन्न अधिबेशनबाट रुपन्देहीका गोबिन्द खनाल सभापति भएका छन् । त्यस्तै उपसभापति कृष्ण रावल( पाल्पा), महिला उपसभापति रत्न लक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल (काठमाडौ) निर्बिरोध निर्बाचित भएका छन् । त्यस्तै, ७ जना प्रदेश सचिब र ४ जना समावेशी सचिबमा क्रमश १ नम्बर प्रदेश बिकास थापा (मोरङ), २ नम्बर प्रदेश अमर बहादुर गौतम (पर्सा ), बाग्मती प्रदेश बाबुहरी आचार्य (चितवन ), गण्डकी प्रदेश धिरज थापा (कास्की), लुम्बिनी प्रदेश मिना ढकाल (रुपन्देही ),
कर्णाली प्रदेश पुष्पा मल्ल (सुर्खेत), सुदुरपश्चिम प्रदेश मदन बहादुर कुँवर (अछाम) रहेका छन् ।