कोच र रेफ्रीलाई प्रशिक्षण

तुलसीपुर, २२ फागुन ।
नेपाल रग्बी संघ लुम्बिनी प्रदेश समितिले दाङमा दुई दिने कोच र रेफ्रीलाई प्रशिक्षण दिएको छ । संघले शनिबार र आईतबार उक्त प्रशिक्षण दिएको हो । प्रदेश संयोजक नवीन थापाको अध्क्षतामा भएको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि दाङ जिल्ला खेदकुद विकास समितिका पूर्वध्यक्ष डिल्ली डाँगीले यस्ता खालका प्रशिक्षणले खेल क्षेत्रलाई अघि बढाउने बताए ।
त्यस अवसरमा विराट एरिलगायतले मन्तब्य ब्यक्त गरेका थिए । निरक पोख्रेलले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण प्रबक्ता घनस्याम डाँगीले गरेका थिए । तालीममा दाङ, रुपन्देही, बाँकीका १६ जनाको सहभागिता थियो । गोरखा स्कुल तुलसीपुरमा भएको उक्त तालीममा विद्यालयका तीन जना विद्यार्थीले पनि ट्रेनिङ् लिएका थिए ।