नेपाल राष्ट्रिय मगर संघ दाङको अध्यक्षमा मञ्जित पुन

तुलसीपुर, २८ फागुन ।

नेपाल राष्ट्रिय मगर संघ दाङको अध्यक्षमा मञ्जित पुन मगरलाई चयन गरिएको छ । संघको शुक्रबार तुलसीपुरमा भएको भेलाले मञ्जितको अध्यक्षतामा कार्य समिति चयन गरिउको हो । जसको उपाध्यक्षमा कमल घर्ती मगर, खिमबहादुर घर्ती मगरलाई चयन गरिएको छ ।

त्यस्तै कोषाध्यक्षमा नीसा घर्ती मगर, सदस्यहरुमा पुष्प जीएम, अनुपरासकोटी, गगण रामजाली मगर, ललित पुन मगर, भुपबहादुर मगर, देवेन्द्र घर्ती मगर, बबिता आलेमगर, देबिमाया थापा मगर, मिना वयम मगर, विष्णु घर्ती मगर, हिरा घर्ती मगर, दुर्गा घर्ती मगर, पूर्ण बहादुर थापा मगर, देवबहादुर थापा मगर, सुदन बुढा मगर, कमानसिंह राणा मगरलाई चयन गरिएको छ ।

संघका संयोजक जनकबहादुर बाठा मगरको अध्यक्षता तथा नेपाली काँग्रेस दाङका कोषाध्यक्ष सावित्री राणा मगरको प्रमुख आतिथ्यमा भेला भएको हो । भेलामा संघका सहमहामन्त्री भिम आले मगर, संघका केन्द्रीय सदस्य विष्णु थापा मगर, संघका प्रदेश सचिब कमल रोका मगर, तरुणदल दाङका अध्यक्ष टीका घर्ती मगर, जनजाति संघका खिमबहादुर पुनलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

त्यस अवसरमा बक्ताहरुले सामाजिक तथा राजनीतिक क्षेत्रमा जातको महत्व हुने बताएका थिए । नेपालको पूरानो जातिय संगठन मगर भएपनि आपसमा हुने द्वन्दले गर्दा पछाडी परेको भन्दै एकजुट भएर जानुपर्ने अहिलेको आबश्यकता भएको बक्ताहरुको जोड थियो । ‘मगर जातिले राज्यले हेप्यो भन्ने गरेपनि राज्यले मगर समुदायलाई सम्मान गरेको छ’, बक्ताहरुले भने‘तर, हामीले राज्यले दिएको अधिकार पनि लिन सकेका छैनांै, त्यसकालागि हामी राजनीतिक बाटोमा अघि बढ्नु पर्छ ।’ राजनीति भनेको शरिरको मुटु जस्तै भएपनि मगर समुदाय राजनीतिमा आउन नचहाने समेत बक्ताहरुको भनाई थियो ।

कार्यक्रमको सहजीकरण एचआर मगरले गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर