चलचित्र पत्रकार संघ दाङको १०आंै वार्षिक साधारणसभा सम्पन्न

भुपेश ओली,
फागुन २९, दाङ ।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको १०औं वार्षिक साधारण सभा संघका अध्यक्ष शिव पुन को अध्यक्षता र तुलसीपुर उपमहानगर पालिकाका नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा दुइओटा अक्षयकोष पनि स्थापना गरियको छ । अक्षयकोष स्थापना गर्नेमा चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका संस्थापक उपाध्यक्ष चेतन रेग्मीले भागवत, बसन्ता रंग कलाकारिता र संघका वर्तमान उपाध्यक्ष सन्तोस केसीले चम्मन बहादुर रंग पत्रकारिता दूबैले ५५५५५ रुपैया बराबरको अक्षयकोष स्थापना गर्नूभयो ।

शिक्षा क्षेत्रमा लामो समय क्रियाशिल ब्यक्तित्व बिष्णु प्रसाद आचार्यलाई सम्मान गरियो यसैगरि भर्खरै निर्बाचित तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारी र भर्खरै निर्बाचित सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) का केन्द्रिय सदस्य संगित वस्याललाई सम्मान गरिएको थियो । उक्त बार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम संघका निवर्तमान अध्यक्ष धुर्वराज न्यौपाने (डि.आर.एन) लाई वर्ष उत्कृष्ट रंग पत्रकारिता पुरस्कार बाट सम्मान तथा पुरस्कृत गरियो भने वर्ष उत्कृष्ट रंग कलाकारिता पुरस्कार बाट चलचित्र निर्देशक तथा कलाकार ऋषि राज आचार्य लाई सम्मान तथा पुरस्कृत गरिएको थियो यसैगरी कार्यक्रममा संघका सल्लाकार सरद रेग्मी, डा. लोकराज पराजुली पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र ओली, रोटरी क्लव तुलसीपुरका तुफानवावु श्रेष्ठ, मेट्रो कलेज तुलसीपुरका प्रमुख वसन्त आचार्य कान्तिपुर राष्ट्रिय दैनिक का उपसम्पादक दुर्गालाल केसी लगायत संघका निवर्तमान अध्यक्ष (डि.आर.एन) चलचित्र क्षेत्र ले एउटा देशलाई नै चिनाउने भएको हुदा यसको संरक्षणको लागि सवैको ध्यान जान जरुरी छ भन्दै नगर प्रमुखलाई ध्यानाकर्षण गराउनु भएको थियो भने संघका वर्तमान अध्यक्ष शिव पुनले आफ्नो एक बर्षे कार्यकालमा कोरोना महामारीको बाबजुद पनि दाङ शाखा सकृय रुपमा लागेको दाबी गनूृभयो ।


कार्यक्रमा बोल्ने वक्ता सबैले चलचित्र क्षेत्रको समस्या र सम्भावनाको बारेमा बोल्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख घनश्याम पाण्डेले अव देखि आर्थिक, भौतिक र मानसिक रुपमा संघलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा स्वागत मन्तब्य निरला अर्यालले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संघका वर्तमान उपाध्यक्ष सन्तोष केसीले गर्नु भएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर