आर्शिवाद पेन्टले पेन्टरको दुर्घटना बीमा गर्ने

तुलसीपुर, २९ फागुन ।
आर्शिवाद पेन्टले पेन्टरको दुर्घटना बीमा गरिदिने भएको छ । शनिबार तुलसीपुर ७ गणेशपुर स्थित राप्ती शान्ति उद्यानमा आयोजित बनभोज कार्यक्रममा पेन्टका प्रमोटर सुनिल आचार्यले पेन्टरको सुरक्षाकालागि बीमा गरिदिने बताएका हुन् । उनले प्रत्येक ६ हजार पाँचसय प्वाईन्ट प्राप्त गर्ने पेन्टरहरुलाई दुर्घटना बीमा बनाइदिने बताएका हुन् । यसले पेन्टरको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
साथै उत्कृष्ट काम गर्ने पेन्टरलाई विभिन्न देश घुमाउने समेत बताए । पेन्टले प्रत्येक बर्ष पेन्टर पुरस्कार कार्यक्रम गर्दै आएको छ ।
यस बर्ष एनएस सप्लायर्सका पेन्टर सन्देश वलीले वासिङ मेसिन प्राप्त गर्न सफल भएका थिए । त्यस्तै आचार्य हार्डवयरका पेन्टर रवीन आचार्यले ईन्भर्टर र आचार्य हार्डवयेरकै पेन्टर टिकाराम चौधरीले साइकल प्राप्त गरेका छन् । एक बर्षमा उनीहरुले प्राप्त गरेको प्वाईन्टका आधारमा उनीहरुलाई पुरस्कृत गरिएको हो । त्यस्तै सिदार्थ हार्डवयरका सन्दिप बुढाथोकी, आकाश केसी, गोरख विक, जितबहादुर सुनारलाई पुरस्कृत गरिएको हो । त्यस्तै आचार्य हार्डवयेरका ओपेन्द्र वली, मुकुन्द जैसी, तारा हार्डवयरका दिनेश चौधरीलाई पुरस्कृत गरिएको हो । उनीहरुलाई मोवाईल प्रदान गरिएको थियो ।
पेन्टका प्रमोटर आचार्यको अध्यक्षता तथा सिद्धार्थ हार्डवयेर घोराहीका खम्ब बहादुर वलीको प्रमुख आतिथ्य तथा सफल टेडर्सका फनिराज पोखरेलको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा दाङकै लगानीकर्ताले उक्त पेन्ट सञ्चालनमा ल्याएको भन्दै यसलाई दाङवासीले बिशेष महत्व दिनुपर्ने बक्ताहरुको भनाई थियो । ७ बर्षदेखि नेपालगञ्जबाट सञ्चालनमा आएको उक्त पेन्टले अहिले देशैभर आफ्नो उत्पादन उपलब्ध गराउँदै आएको छ । त्यस्तै आर्शिवाद पेन्टले उपभोक्ताहरुलाई आकर्षण एवं सन्तुष्ट बनाएको छ ।
उक्त पेन्ट घर भित्र, बाहिर सबै ठाउँमा, काठ, फलामलगायतमा पनि प्रयोग गर्न सकिने पेन्टका साविक राप्ती अञ्चलका मार्केटिङ प्रमुख अशोक वुढाथोकीले बताए । त्यस अवसरमा प्रमोटर आचार्यले नेपालमै उत्पादन भएकाले मुलुक भित्रै कर संकलन हुने र विकास निर्माणको काममा सहयोगी हुने गरेको समेत बताए । साथै युवाहरुलाई स्वरोजगार समेत बनाएको उनको भनाई छ ।