तुलसीपुरमा बस दुर्घटना ः घाइतेहरुको विवरण खुल्यो

चैत्र १० दाङ ।
तुलसीपुरमा स्कुल बस दुर्घटना हुदा २२ जना विद्यार्थी घाइते भएका छन् भने २ जनाको मृत्यु भएको छ । घाईते हुनेमा तुलसीपुर १६ बस्ने १७ वर्षकी अन्जली खत्री र सोही ठाउ बस्ने १७ वर्षका रोमस डांगी, २० वर्षका सन्दिप केसी, १७ वर्षकी अन्जना चौधरी, तुलसीपुर वडा नं. १५ मा बस्ने २२ वर्षको सन्देश चौधरी, वडा नं. १६ मा वस्ने १८ वर्षको आकाश जंग चौधरी, र त्यही वडाका २० वर्षकी चम्पा डांगी, १७ वर्षका सागर केसी, १८ वर्षका सरद पाण्डे, १९ वर्षकी प्रतिज्ञा डिसी, १९ वर्षका सन्देश खत्री, १८ वर्षको सपना चौधरी, १६ वर्षकी देवका डांगी, १८ वर्षिया उर्मिला चौधरी, १९ वर्षका अनिल चौधरी, १६ वर्षका सुनिल चौधरी, र २० वर्षका खगेन्द्र केसी लगायत रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घाइतेहरु मध्ये पाँच जनालाई थप उपचारको लागि कोहलपुर रिफर गरिएको छ । तुलसीपुरको डुरुवाबाट विद्यार्थी लिएर तुलसीपुर तर्फ आउँदै गरेको ज्ञानज्योति कलेजको रा १ क ४३३ नं. को बस तुलसीपुर १५ सरैयाडाडाँको चोकमा आज विहान ५ बजे दुर्घटना भएको थियो । दुर्घटनामा परी २ जना विद्यार्थीको मृत्यु भएको छ । स्कुल बसमा ११ र १२ कक्षामा अध्यनरत विद्यार्थी सवार थियो ।