आज तुलसीपुरमा थप सात जनामा कोरोना संक्रमण पुष्टि

दाङ, २४ चैत्र ।
तुलसीपुरमा आज सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परिक्षण गर्दा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए । उनको अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का २ जना ५५ र ४२ वर्षिय पुरुष, वडा नं. ५ का एक जना ३६ वर्षिय महिला, वडा नं. ७ का २० वर्षिय महिला र ६० वर्षिय पुरुष, वडा नं. ९ का २५ वर्षिय पुरुष र वडा नं. १७ का ४९ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
हालसम्म तुलसीपुरमा कोरोना सक्रिय संक्रमितको संख्या ९ जना रहेको छ भने मृत्यु हुनेको संख्या २२ जना रहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर