कराते प्रशिक्षक प्रशिक्षण तथा रेफ्री रिफ्रेसर तालिम

लक्ष्मण बस्नेत
दाङ, २९ चैत ।
तुलसीपुर नगर स्तरीय सितोरियो कराते प्रशिक्षक प्रशिक्षण तथा रेफ्री रिफ्रेसर तालिम सम्पन्न भएको छ । नेपाल सितोरियो कराते अरनीको डोजो तुलसीपुर ५ को आयोजनामा तुलसीपुर नगर क्षेत्रका विभिन्न स्थानमा डिजो संचालन गरेका स्वयंसेवक प्रशिक्षक लाई लक्षित गरि तालिम दिईएको हो ।
दाङ तुलसीपुर ९ बेलुवा कराते हलमा भएको दुई दिने तालिममा एउटा कुशल प्रशिक्षकले प्रशिक्षण दिदा अपनाउनु पर्ने प्रक्रिया र पद्धति,अनुशासन,सन्तुलित आहार, रेफ्रीले खेल खेलाउदा ध्यान दिनु पर्ने आवश्यक सिद्धान्त र अभ्यास बारेमा अभ्यस्त गराईएको थियो ।
तालिममा नेपाल सितोरियो कराते प्रदेश न ५ का प्रमुख प्रशिक्षक बलराज नेपाली,कराते अस्थायी प्रशिक्षक पदम बहादुर बस्नेतले प्रशिक्षण दिएका थिए । सो अबसरमा स्वयंसेवक प्रशिक्षक,सिनियर तथा जुनियर खेलाडि गरि दुई सय पचास जनाको सहभागिता रहेको थियो ।