महिलाहरुमा राजनीतिक चेतना विकास हुनुपर्छ : रावत

लमही , २९ चैत ।

नेपाल महिला सघ दाङका जिल्ला सभापति गोमा रावतले महिलाहरुमा राजनैतिक चेतनाको बिकास भएमात्र नेतृत्व तहमा महिलाहरुको सहभागिता बृदि हुने बताईन् । गाउ ईकाई र वडा तहमा बन्ने महिला सघका संरचनामा महिलाहरु कहरले होईन स्वस्फूर्त रुपमा ‘म सगठनको लागि काम गर्छु भनेर अग्रसर हुन महिलाहरुलाई आग्रह गरे । अधिकाश ईकाई तथा वडा र नगर तहमा अहिले पनि नेतृत्व लिन महिलाहरु अग्रसर हुने रहर र चाहना नदेखिएकोले त्यसका लागि अर्काले सिफारिस गरेको पदमा बसिदिने पराम्परको अन्तयका लागि महिला स्वयमले म आफूले नेतृत्व गर्न सक्छु भन्ने उच्चमनोबलका साथ नेपाल महलिासघमा गोल बद्धहुन महलिाहरुलाई अनुरोध गरेका छन् ।

नेपाल महिला सघ क्षेत्र नं. १ अनर्तगत लमही नगरपालिका वडा नं. ५ को समायोजन कार्यक्रममा उनले यस्तो बताईन् । कार्यक्रमका बिशिष्ट अतिथि लमही नगरपालिकाका उपप्रमुख तथा नेपाल महिला सघ क्षेत्र नंं १ का पूर्व क्षेत्रिय शभापति देबका बेलबासेले महिलाहरुमा राजनीतिक चेतनाको स्तर जति बढ्दै जान्छ उति नै पार्टी र सगठन बलियो हुने बताए । नेपाल महिला सघ वडा नं. ५ का वडासभापति गीता भट्टराईको अध्यक्षता तथा नेपाल महिला सघ दाङका जिल्ला सभापति गोमा रावतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल महिला संघ दाङका सचिब लक्ष्मी योगी, नेपाल पत्रकार महासघ दाङका निर्बतमान उपाध्यक्ष लिला शाह, नेपाल महिला संघ क्षेत्र नं. १ प्रदेश ‘क’ का शभापति देबा कुवर नेपाल महीला सघ लमही नगर वडा नम्बर १का वा अध्यक्ष श्याम कला कि, वडा नम्बर ३का लक्ष्मि आचार्य, वडा नम्बर ६का शान्ति चौधरी, वडा नम्बर ठका शान्ति श्र?ेष्ठ, वडा नम्बर ७का देबा परियार लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

सो अबसरमा बक्ताहरुले समायोजन पछि गडन भएका समितिहरुको काम कर्तब्य र अधिकारको बारेमा प्रशिक्षण कायृक्रम सचालन गर्न माग गरेका थिए । नेपाल महलिा सघ लमही नगर समितिका सभापति हिमा बुढाथोकीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा क्षेत्रिय सचिब पार्बता थापाले कार्यक्रमको उदेश्य बारे प्रकाश पारेकी थिइन्, भने कार्यक्रमको सहजीकरण लमही नगर सचिब बिना भुसालले गरेकी थिइन् ।

भेलाले लमही नगरपालिका वडा नम्बर ५ स्तरिय समायोजन सम्पन्न गरेको छ । यस अघि अन्य ८ वटा वडाहरुमा समायोजनको काम सम्पन्न भईसकेको जानकारी सो अबसरमा गराईएको थियो । यसैबिच लमही नगर समिति र लमही नगर वडा नम्बर ५को वडा समिति आज समायोजन गरिएको छ । जस अनर्तगत लमही नगर समिति शभापति हिमा बुढाथोकी, उप शभापति नारायणि खड् सचिब बिना न्यौपाने भुसाल, सहसचिब सिता अधिकारी र कोषाध्यक्षमा माया न्यौपाने चयन भएका छन् । आईतबार भएको भेलाले उनीहरुलाई निर्बिरोध चयन गरेको हो । त्यसैगरि लमही नगरपालिका वडा नम्बर ५का गिता भट्राई अध्यक्ष र राधा बिक सचिब रहेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर