दाङमा बस दुर्घटना हुदा १० जना घाइते

तुलसीपुर ९ दाङ ।
दाङमा यात्रुवाहक बस दुर्घटना हुदा १० जना घाइते भएका छन् । आज विहान सवा ८ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १६ कपासेबगियास्थित पोखराबाट तुलसीपुर तर्फ आउदै गरेको ग १ ख ९६३९ नम्बरको बस अनियन्त्रीत भैइ पल्टिदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए । दुई जना बालक, चार जना महिला र चार जना पुरुष घाइते भएका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ ।