बाँकेमा एक कोरोना संक्रमित महिलाको मृत्यु

९ वैशाख, काठमाडौं ।

बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका-१७ की ८६ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

वैशाख ७ गते गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएकोमा त्यसको भोलिपल्ट उनी अस्पताल भर्ना भएकी थिइन् ।

उनकाे उपचारको क्रममा बिहीबार बिहान करिब २:१५ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर