देशभर थप २५५९ जनामा कोरोना संक्रमण पुष्टि

१० वैशाख, काठमाडौँ ।
पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
८७९८ पीसीआर परीक्षणबाट २४४९ र ८६६ एन्टिजेन परीक्षणबाट ११० जना गरी जम्मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोना भाइरसका १४ हजार सात सय २४ सक्रिय संक्रमित रहेका छन् । योसँगै कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको संख्या २ लाख ७६ हजार ७ सय ५५ पुगेको छ ।