बाँकेमा थप ७ कोरोना संक्रमितको मृत्यु

वैशाख, ११ बाँके

२४ घण्टामा थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार (आज) बिहान नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ८ गते भेरी अस्पतालको कोभिड आइसोलेसनमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि शनिबार बिहान साढे एक बजेतिर मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । उनका अनुसार बितेको २४ घण्टामा बाँकेमा उपचाररत सात जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट बाँकेमा हालसम्म मृत्यु हुनेको संख्या ७६ पुगेको छ । भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा आज थप २५० मा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २६९ जनाको नमूना स्वाब परीक्षण गर्दा २५० जनामा संक्रमण पुष्टि भएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर