तुलसीपुरमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

तुलसीपुर, १२ बैशाख ।

 तुलसीपुरमा आईतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर ६ मा ३ जना, वडा नम्बर ७ मा १ जना, वडा नम्बर १६ मा ३ जना, वडा नम्बर १७ मा १ जना, वडा नम्बर ८ मा २ जना, वडा नम्बर ९ मा १ जना, वडा नम्बर १२ मा २ जना, वडा नम्बर १ मा १ जना, वडा नम्बर ११ मा २ जना र वडा नम्बर १८ मा ३ जना गरि १९ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुरका कोरोना फोकल पर्सन विमल के.सीले जानकारी दिनुभएको छ ।

ती मध्ये २ जना हालै भारतबाट नेपाल आएको जनाइएको छ । उनिहरुको नेश्नल ल्यावमा कोरोना परिक्षण गरिएको हो । यो सगैं तुलसीपुरमा सक्रिय संक्रमीतको सङ्ख्या २६४ रहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर