आज अरणीको मैदानमा ४० जनाको मात्रै स्वाब संकलन

तुलसीपुर
२१-वैशाख/
मंगलबार तुलसीपुरको अरणीको मैदानमा ४० जनाको मात्रै स्वाब संकलन गरिएको छ । बढ्दो भीडभाडले कोरोना संक्रमण हुन सक्ने कुरालाई मध्येनजर गरि ४० जनाको मात्रै स्वाब संकलन गरिएको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित मेट्रो सिटी पोलिक्लिनिक प्रालिले सोमबार मात्रै १६३ जनाको स्वाब संकलन गरेको थियो, भने पहिलो दिन ७८ जनाको स्वाब संकलन गरेको थियो । अबको केही दिन सीमित मात्रामा मात्रै सवाब संकलन गर्ने प्रालिका सञ्चालक बसन्त योगीले बताए ।