शान्तिनगरमा थप ९ जना काेराेना संक्रमण पुष्टि, १ जनाकाे मृत्यु

शान्तिनगर, २७ बैशाख
दाङकाे शान्तिनगर गाउँपालिकामा थप ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १ जनाकाे मृत्यु भएकाे छ । आज पालिकामा गरिएकाे २ जनाकाे एन्टिजेन परिक्षण र ७ जनाकाे पिसिआर परिक्षण पाेजेटिभ भएसंगै ९ जनामा काराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य शाखा संयाेजक हरी पुनले जानकारी दिनुभयाे । आज थपिएका ९ जना संगै शान्तिनगरमा संक्रिय काेराेना संक्रमितकाे संख्या ८२ जना पुगेकाे छ ।
आज काेराेना संक्रमण पुष्टि भएका मध्ये १ जनाकाे अबस्था असामान्य भएकाेले पालिकाकाे आईसालेशनमा राखिएकाे र अन्यकाे अबस्था सामान्य रहेकाेले सबैलाई अौषधी र चिकित्सककाे सम्पर्कमा रहन परामर्श गरि हाेम आईसाेलेशनमा राखिएकाे स्वास्थ्य संयाेजक पुनले जानकारी दिनुभयाे । शान्तिनगर गाउँपालिकाले संचालन गरेकाे धनाैरी स्वास्थ्य चाैकीकाे आइसाेलेसनमा ६ जनाकाे उपचार भइरहेकाे छ । साथै शान्तिनगर गाउँपलिका भित्र हाेम आईसाेलेशनमा रहेका सबै सक्रिय संक्रमितहरूले कुनै समस्या भएमा चिकित्सक संग सम्पर्क गर्न अनुराेध गरिएकाे छ । कुनै समस्या भएमा मेडिकल अधिकृत डा.केशब के.सीकाे सम्पर्क नं. ९८४१४४००२१ र स्वास्थ्य संयाेजक हरि बहादुर पुनकाे नम्बर ९८६६७०८५२५ मा सम्पर्क गर्न सकिने बताइएकाे छ ।