दाङमा १९० जना कोरोना संक्रमण पुष्टि,

दाङ, ६ जेठ ।

 दाङमा वितेको २४ घण्टामा झन्डै दुई सय जना नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालमा गरिएको कोरोना परिक्षणमा जिल्लाका १९० जना नागरिकलाई संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र घोराहीले जनाएको छ । संक्रमित हुनेमा घोराहीका ८९ जना, तुलसीपुरका ६९ , लमहीका ७, गढवाका २, राप्तीका १० , दंगीशरणका ४ , शान्तीनगरका ४ र बबई गाउँपालिकाका ६ जना रहेको केन्द्रले जनाएको छ ।
यो संगै बैशाख यता मात्रै संक्रमित हुनेको संख्या जिल्लामा पाँच हजार ८ सय ७५ पुगेको छ ।

ती मध्ये तिन हजार चार सय ६७ जना कोरोना मुक्त भईसकेका छन् भने जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ८ रहेको केन्द्रले जनाएको छ ।यसैविच वितेको २४ घण्टामा ८ जना संक्रमितको निधन भएको छ । विभिन्न अस्पताल तथा होम आईसोलेसनमा बसेका घोराहीका ३ र तुलसीपुरका ३ , लमही र शान्तीनगर गाउँपालिकाका एक÷एक जनाको ज्यान गएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर