एक वर्ष पुरा रुकुम सोती हत्याकाण्ड,

दाङ, १० जेठ । 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा मानव हत्याकाण्ड भएको आज एक बर्ष पुरा भएको छ । गत वर्ष २०७७ जेठ १० गते अर्थात आजकै दिन त्यस ठाउँमा उक्त ६ जना युवकहरुको सामुहिक हत्या भएको थियो । आफ्नी प्रेमिका लिन भनि सोती गएका जाजरकोट भेरी नगरपालीका वडा नम्बर ४ का नवराज विक सहित ६ जनाको स्थानियले आक्रमण गरी हत्या गरेका थिए । उनीहरुको शव भेरी नदीमा फेला परेको थियो । सोती गाउँकी एक मल्ल थरकी युवती संग प्रेम गरेका विक लिन गएको समयमा स्थानियहरुले आक्रमण गरेका हुन् ।

उक्त घटनामा जाजरकोट भेरी नगरपालीका वडा नम्बर ४ का गोविन्द शाही, लोकेन्द्र सुनार, गणेश बुढा, सन्दिप विक र रुकुम पश्चिम चौरजहारीका टिकाराम सुनारको मृत्यु भएको थियो । युवक र युवती विचको प्रेम सम्बन्ध अन्र्तजातिय भएकै कारण घटना घटाईएको विभिन्न अध्ययनले देखाएको छ । घटनामा संलग्न भएको आरोपमा ३४ जना विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएको थियो ।

यो एक बर्षमा यो मद्धाको झै फैसला भएको छैन । ३४ जना विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएपनि ११ जना भने छुटेका छन । मुद्दा दर्ता गरिएका मध्ये नवराजकि प्रेमीका भनिएकि र अर्का एक नावालक भएको भन्दै उच्च अदालत सुर्खेतले अभिवावक जिम्मा लगाउन आदेश दिएको थियो । यस अघि रुकुम अदालतले बाल सुधार गृह भक्तपुरमा पठाउन आदेश दिएको थियो ।

यसैगरी युवतीकी आमा एक लाख धरौटी र अरु तीन जना साधारण तारेखमा छुटेका थिए । पुर्वपक्षका लागि कारगार रहेका अरु पाँच जनाले आफुहरुले कारागार बस्ने कसुर नगरेको भन्दै उच्च अदालत सुर्खेतमा पुग्दा पाँचै प्रतिवादीको हकमा राय बाझिएिपछि उच्च अदालत नियमावली अनुसार सर्वोच्चमा पुग्दा तारेखमा छोड्न आदेश दिएको थियो ।

अव कारागारमा रुकुममा चौरजहारी ८ का वडाध्यक्ष डम्बर बहादुर मल्ल सहित २३ जना रहेको प्रतिवादीको तर्फका कानुन ब्यवसायी एक्क बहादुर पाण्डेले जानकारी दिनुभयो ।आरोपित विरुद्ध कर्तव्य ज्यान , जातिय छुवाछुत कसुर सम्बन्धी मुद्धा दर्ता भएका छन् । घटनाको मुद्धा विचारधिन अवस्थामा रहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर