देशभर थप ४७६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं
१७-जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा र यसअघिका विवरणसहित ११४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या सात हजार तीन सय ८६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार हजार सात सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १५ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा चार हजार एक सय ७८ जना र दुई हजार चार सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ८४ जनामा संक्रमण देखिएको हो । योसहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पाँच लाख ६१ हजार तीन सय दुई पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार चार सय ९१ जना निको भएसँगै निको हुनेको सङ्ख्या चार लाख ४७ हजार चार सय ४६ पुगेको छ । अहिले नेपालमा एक लाख ६ हजार चार सय ७० जना सक्रिय संक्रमित छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर