दाङमा लकडाउन एक हप्ता थपियो,भने दैनिक चार घण्टा पसल खुल्ने


२५ जेठ/ दाङमा असार १ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ शंकट व्यबस्थापन समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यस अघि जेठ २५ गतेसम्म निशेषधाज्ञा गरेको थियो । दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार बैंक तथा वित्तिय संस्थाहरु अब दैनिक खुल्ने छन् । विहान १० बजेदेखि २ बजेसम्म बैंक खुल्न पाउने उनले बताए ।

साथै बजार पनि खुल्न दिईने भएको छ । विहान ६ बजेदेखि १० बजेसम्म होटेल, सैलुन,खाजा घर, चिया पसल बाहेक अन्य पसलहरु खुल्न दिने निर्णय भएको प्रजिअ पौडेलले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर