तुलसीपुर उप महानगरपालिकाले हटायाे, दर्जनौ ढेब्ली, ठेला गाडा व्यापारीहरु परे मारमा

मदन मुस्कान

तुलसीपुर, १९ साउन ।

 तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर बसपार्क पिपलबोट देखि सुर्खेत रोड पातुखोला पुलसम्म बाटोको दायाँ बायाँ राखीएका घुम्ति ढेब्ली, ठेला गाडा हटाएको छ । गएको साउन १० गते सार्वजनिक सुचना जारी गदै तिन दिन भित्र अनाधिकृत रुपमा राखीएका ढेब्ली,ठेला हटाउन आग्रह गरिएको थियो । तर सुचना जारी गरेको एक हप्ता भन्दा बढि समय वितिसक्दा समेत सम्वन्धित व्यक्तिहरुले नहटाएपछि मंगलवार जे सी वीको सहायतामा ढेब्ली,ठेलाहरु हटाईएको तुलसीपुर उपमहानगरपालिका कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका प्रमुख प्रशासकिय अधिकृत भाष्करराज गौतमको नेतृत्वमा गएको टोलीले बसपार्क देखी उत्तरतर्फ मासु मार्केट नजिकै भरखरै राखीएका नयाँ पाँच वटा घुम्ति ढेब्ली, बसपार्क भित्र जाने सडक छेउमा रहेको एउटा ढेब्ली र बसपार्क देखी पातुखोला पुल सम्म सडक छेउमा राखीएका दर्जनौ फलफुलको ठेलाहरु हटाईएको हो । व्यापारीहरुले पहिले नै आफना सरसमानको व्यवस्थापन गरेका थिए ।

तर कतिपयले समान व्यवस्थापन गर्न नमानेपछि केहि क्षति भएको छ । उता ठेला गाडामा ब्यापार गरेर आफ्नो जिबिका चलाउदै आयका ब्यापारीहरु भने रुम कि हासम भएका छन अब खानी बसनी क्यारी हो भन्दै एक आपसमा कराउँदै चिच्याउनु बाहेक केही उपाय लागेन फुटफाट रुपमै व्यापार व्यवसाय गदै जिविकोपार्जन गदै आएकाहरु अहिले समस्यामा परेका परेका छन् उपमहानगरपालिकालाई कर नतिरेका र अव्यवस्थित तथा अनाधिकृत रुपमा व्यापार व्यवसाय गर्दा सडक साघुरो हुँदा दुर्घटनाको जोखिम हुने भएकाले आफुहरुले हटाएको कार्यालयले बताएको छ । तर उनीहरुको समस्याको पहिचान गरी आबश्यक व्यवस्थापन गर्ने गरी बुधवार छलफलका लागी बोलाइएको उपमहानगरपालिका कार्यालयले बताएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर