एक महिनामै ४८ लाख नागरिकले खोप लगाए
काठमाण्डौ, ५ भदौ ।
वितेको एक महिनाको अवधीमा ४८ लाख बढि नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । साउन १ देखि भदौ ३ गते सम्मको तथ्याङक अनुसार ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । त्यसअघि करिब ३६ लाखले खोप लगाएका थिए । सो सहित भदौ ३ गतेसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको छ ।
त्यसमध्ये ३७ लाख ८ हजार ६ सय ८८ जनाले कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएका छन् । अहिले कोरोनाको दुवै डोज खोप लगाउने जनसंख्या कुल जनसंख्याको १३ प्रतिशत पुगेको पुगेको छ । सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत नागरिकलाई र चैतसम्म सबैलाई खोप लगाउने घोषणा गरेको छ ।