आज दाङमा थप ६ जना कोरोना संक्रमित थपिए

तुलसीपुर
१६ भदौ । दाङमा आज थप ६ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार ४ महिला र २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । तुलसीपुरका ३ , बबईका २ र घोराहीका १ जनामा संक्रमण पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या एकसय ८ पुगेको छ ।

त्यस्तै आज १५ जना संक्रमण मुक्त भएका छन ।

घोराहीका १० , लमही र तुलसीपुरका २/२ जना तथा बबईका एक संक्रमण मुक्त भएका हुन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर