विद्युत् प्राधिकरणका कर्मचारी र सामान नेपाल एअरलाइन्सले बोक्ने सम्झौता
काठमाडौं १९ पुस।
नेपाल विद्युत् प्राधिकरणका यात्रु तथा सामान नेपाल एअरलाइन्स मार्फत बोक्ने सम्झौता भएको छ ।
आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा नेपाल एअरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङबीच सो सम्झौता भएको हो ।