तुलसीपुर नगर जेसीजको अध्यक्षमा केसी निर्वाचित
तुलसीपुर २७ पुस ।
तुलसीपुर नगर जेसीज बर्ष २०२२ को अध्यक्षमा केशवराज केसी निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा मानबहादुर बस्नेतलाई पछि पार्दै केसी अध्यक्ष पदमा निर्वार्चित भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका संयोजक मोहन स्वर्णकारका अनुसार तुलसीपुर नगर जेसीज २०२२ का लागि कार्यकारिणी उपाध्यक्ष चेतन कँडेल, सन्दिप भुसाल, उपाध्यक्षमा सञ्जय न्यौपाने, मनिष शाह, शैलेन्द्र ओली, कान्तुराम खनाल र सचिवमा सुरज भण्डारी निर्वाचित भएका छन् ।
अन्य पदमा अध्यक्षले मनोनयन गर्नेछन् । नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास भएपनि सहमति जुट्न नसकेपछि सोमबार निर्वाचन प्रकृयाबाट नेतृत्व चयन गरिएको हो ।