नागरिकको स्वास्थ्य नै पहिलो प्राथमिकता : नगर प्रमुख शाह

कपिलवस्तु, २ फागुन ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक विद्यालय ९१(१२० सौनहवामा लुम्बिनी प्रदेश स्थापना दिवस २०७८ को अवसरमा स्त्री तथा छाला रोग सम्बंधि तीन दिने वृहत स्वास्थ्य शिविरको उद्घाटन कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले गर्नुभयो ।
स्वास्थ्य कार्यालय तौलिहवा कपिलवस्तुको आयोजना तथा कृष्णनगर नगरपालिकाको समान्वय रहेको छ ।
उद्घाटन कार्यक्रमको अध्यक्षता कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेय, प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, अतिथिमा कृष्णनगर नगरपालिका वडा नं १० वडाध्यक्ष मोविन खां , श्री नेत्र ज्योति माध्यमिक विद्यालय ९१(१२० सौनहवाका प्रधानाध्यापक जय प्रकाश चौधरी रहनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रजत प्रताप शाहले कृष्णनगर नगरपालिका भित्र स्वास्थ्य क्षेत्रमा राम्रो सुधार भएको बताउदै यस शिविर बाट सेवा लिन नगरका जनता लाई अनुरोध गर्दै चेक जांच का क्रममा जटिल रोग देखा परेमा नगरपालिकाले आफ्नो खर्चमा जिल्ला अस्पताल सम्म पुर्याउने बताउदै नागरिकको स्वास्थ्य नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।
उक्त शिविरमा डा। मुकेश चौधरी तथा स्त्री रोग विशेषज्ञ प्रशंसा गुरुङ लगायत अन्य रहनु भएको छ ।
कार्यक्रममा हेमराज पाण्डेयले आफूहरू नागरिकको स्वास्थ्य प्रति सधै समर्पित रहेको बताउदै यस स्वास्थ्य शिविर बाट बढी भन्दा बढी व्यक्ति लाभ लिन आग्रह समेत गर्नुभयो । कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाका बिष्णु प्रसाद पौडेलले कार्यक्रममा संचालन गर्नुभयो । आजको कार्यक्रममा २६९ जनाको स्वास्थ्य चेक जांच गरिएको
त्यस मध्ये रहेक ४ जना कुष्ठरोगि पहिचान गरिएको साथै कोरोना भाइरसको एन्टीजेन टेस्टको समेत व्यवस्था रहेको स्वास्थय कर्मी चमेली गाहाले जानकारी दिनुभयो । स्वास्थ्य शिविर कार्यक्रमको सम्पूर्ण व्यवस्थापन फोकल पर्सन प्रभास पन्थीले गर्नुभयो ।