स्थानीय तहको चुनाव तलमाथि हुँदैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको चुनाव तोकिएकै समयमा हुने बताएका छन्। निजामति कर्मचारी युनियनको आठौं महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै महामन्त्री थापाले आम चुनाव कहिले हुन्छ भन्न सक्ने अवस्था नभए पनि स्थानीय तहको चुनाव तोकिएकै समयमा गर्ने बताएका हुन्।

‘यो संविधानले, ऐनले, नियमले, कानुनले हामीलाई एक दिन पनि निर्वाचन तलमाथि गर्ने छुट दिएको छैन। बैशाख ३० गते कांग्रेसले निर्वाचन गराउँछ। र, त्यसपछि हामी आम चुनाव गराउँछौं,’ थापाले भने। संसद सुचारु नभए समय अगाबै आम निर्वाचन हुनसक्नेतर्फ समेत उनले संकेत गरेका छन्।

‘आम चुनाव मंसिरमा हुन्छ वा त्योभन्दा अघि हुन्छ मलाई थाहा छैन। संसद यसैगरी चल्दै गयो, यसैगरी चल्न नदिने अवस्था रह्यो, संसदलाई लगातार उपहास गर्ने काम नेकपा एमालेले गरिरह्यो, कुनै पनि तरिकाले सकिएन भने त्यो बेलामा संसद किन चलाइराख्ने भन्ने प्रश्न उठ्न सक्छ। त्यो बेलामा चुनाव अगाडि हुन पनि सक्छ, तर, स्थानीय चुनाव तलमाथि हुँदैन,’ थापाले भने।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर