जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रथम CTEVT कप पुरुष भलिबल प्रतियोगिता हुने

लक्ष्मण बस्नेत,
चैत २१ तुलसीपुर ।
दाङको तुलसीपुरमा जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशी भएको लुम्बिनी प्रदेश स्तरिय पुरुष भलिबल प्रतियोगिता २०७९ हुने भएको छ ।
नेपाल बिद्यार्थी संघ सिटिईभिटी लुम्बिनी प्रदेश समन्वय समितीको आयोजनामा तथा राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसिपुर ६ को समन्वय संचालन गरिन लागेको प्रतियोगिता आउदो बैशाख ६ गतेदेखि सुरु हुुनेछ ।
स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ रास्ट्रीयता,लोकतन्त्र,समाजबाद, बिद्यार्थी एकता भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्ला र साबिक राप्ति अञ्चल बाट लुम्बिनी प्रदेशमा छुटेका दुई जिल्ला सल्यान र पश्चिम रुकुम गरि १४ टिमको सहभागिता रहने नेपाल बिद्यार्थी संघ सिटिईभिटी लुम्बिनी प्रदेश समन्वय समितीका अध्यक्ष सुर्य नारायण बटालाले जानकारी दिनुभएको छ ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण सुस्ताएको स्थानिय स्तरको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धि मापदण्ड अपनाउदै तुलसिपुर ६ मा रहेको राप्ती किङ भलिबल प्रशिक्षण केन्द्रको खेल मैदानमा प्रतियोगिता संचालन गरिनेछ ।
प्रतियोगिताको बिजेता,उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद २लाख २२ हजार २ सय २२, १ लाख ११ हजार १ सय ११ र ५५ हजार ५ सय ५५ तथा कप,मेडल, प्रमाणपत्र हात पार्ने अध्यक्ष बटालाले बताउनु भयो ।
यसैविच आयोजक नेपाल बिद्यार्थी संघ सिटिईभिटी लुम्बिनी प्रदेश समन्वय समितीले यतिबेला प्रतियोगिताको तयारी लाई तिब्र पारेकोछ । उसले टिम दर्ता,प्रचारप्रसार, आर्थिक ब्यबस्थापन, खेल मैदान निर्माण लगाएतका पक्षमा तिब्रता दिएको प्रतियोगिता संचालनमा समन्वयकारी भुमिकाको जिम्मा पाएको राप्ती किङ भलिबल प्रशिक्षण केन्द्रका संचालक कमल खत्रीले जानकारी दिनुभएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर