दाङमा झन्डै ११ सयको उम्मेदवारी

तुलसिपुर १२ बैशाख ।

 यहि वैशाख ३० गते हुने पालिका चुनावको लागि दाङमा झन्डै ११ सयको उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङका अनुसार आज बेलुका ५ बजे सम्म १०६७ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छ्न । जसमध्ये मेयर तथा अध्यक्ष पदका लागि ६१, उपमेयर तथा उपाध्यक्षका लागि ४१, वडाअध्यक्षको लागि २६३ जना, सदस्यका लागि ३६६ जना, महिला सदस्यको लागि १८१ जना र दलित महिला सदस्यको लागि १५५ जनाको उम्मेदवारी परेको छ ।

कार्यलयका अनुसार तुलसीपुरमा १७२ , घोराहीमा ३२२, लमहीमा २६, गढवामा ५५ जना, दंगीशरणमा २४ जना, बंगलाचुलीमा ३९ जना, बबईमा ६३ जना, राजपुरमा १४४ जना, राप्तीमा १६५ जना र शान्तिनगरमा ३७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यो समाचार तयार पर्दासम्म मनोनयन पत्र दर्ता गराउने क्रम जारी रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यलयले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर