दाङमा मतपत्र र परिचय पत्र आईपुग्यो

दाङ,१९ बैशाख । 

यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दाङमा मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले जिल्लाका लागी चार लाख ४३ हजार मतपत्र पठाएको प्रदेश निर्वाचन अधिकारी नारायण भण्डारीले जानकारी दिनुभयो । जिल्लामा चार लाख नौ हजार ९०२ मतदाता रहेकोमा ३४ हजार मतपत्र बढि ल्याईएको उहाले जानकारी दिनुभयो ।यस्तैगरी २०७४ सालपछि थपिएका नयाँ मतदाताको परिचयपत्र पनि मतपत्रसँगै आईपुगेको उहाले बताउनुभयो ।

मतपत्र र परिचय पत्र आईपुगेपछि निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको उहाले बताउनुभयो । जिल्लामा यस अघि सवैपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भई निर्वाचन सम्बन्धीका कामहरु भईरहेका छन् । यस्तैगरी यहि बैशाख २१, २२ र २३ गते सम्म मतदान सम्बन्धी कर्मचारीहरुलाई तालिम दिएर परिचालन गरीने उहाले बताउनुभयो । त्यसपछि निर्वाचन सामग्री र मतदाता परिचय पत्र पनि सम्बन्धीत मतदातस्थलमा पठाईने उहाले जानकारी दिनुभयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर