मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प ।
कोहलपुर बाँके कार्तिक ,१८ – कोहलपुर लगायर अन्य क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको छ ।
शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए ।
मापन केन्द्रले जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि गरेकाे छ । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको छ ।