आज ४१ जिल्लामा बाढीको मध्यम जोखिम, सतर्कता अपनाउन अनुरोध

काठमाण्डौ साउन ३,– आज काठमाण्डौ उपत्यकासहित ४१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूवानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश प्रदेशका केही जिल्ला भई बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।

त्यस्तै बाढीको जोखिम भएका जिल्ला आसपास भई बहने खोला तथा नदीमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यसैबीच आज रातिदेखि कोशी र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव छ । आज दिउँसो देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । कतै कतै हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसमविद् उज्ववल उपाध्यायका अनुसार भोलि दिउँसोदेखि पर्सि सोमवार बिहानसम्म देशभर ठूलो वर्षा हुन सक्ने सम्भावना छ ।

कोशी, बागमती र गण्डकी जलाधार क्षेत्रमा अत्यधिक पानी पर्नसक्ने भएकाले पर्सि सोमवारसम्म सकभर लामो दूरीको यात्रा नगर्न पनि उहाँको सुझाव छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर