बागेश्वरी एकेडमीद्धारा कक्षा ११ को स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

कोहलपुर साउन ३- बागेश्वरी एकेडमी अंग्रेजी माध्यामिक बिद्यालयले कक्षा ११ का बिज्ञान संकाय तथा ब्यबस्थापन संकायका नव आगन्तुक विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । एसइई उत्तीर्ण भइबागेश्वरी एकेडमीमा भर्ना भएका कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत तथा बिद्यालयको बाताबरण, शैक्षिक अवस्था र विद्यार्थीहरुको पढाइ र लगनशीलता प्रतिको जिम्मेवारीलाई बोध गराउन अभिमुखिकरण कार्यक्रम गरिएको हो।

कार्यक्रममा बोल्दै त्रि मा बि बिद्यालयका प्रध्यानाध्यापक तथा अभिभाबक संघका निवर्तमान अध्यक्ष श्रषि राज शर्माले विद्यार्थीहरुलाइ स्वागत गर्दै बागेश्वरी एकेडमीले विद्यार्थीहरुको विशिष्ट क्षमताहरुको पहिचान गरी सोही अनुसार विद्यार्थीहरुको चौतर्फि विकासको वातावरण तयार गरेको जानकारी दिनु भयो । विद्यार्थीको अध्ययन तथा सिकाईका लागि शिक्षक, अभिभावकसँगै शैक्षिक संस्थाको वातावरण पनि उत्तम हुनु पर्ने उल्लेख गर्दै शर्माले नम्बरका आधारमा विषय छनोट तथा अध्ययन गर्नु भन्दापनि बिद्यर्थाीले आफ्नो लगन र मेहनत गरेर अध्ययन गरेमा जस्तो सुकै उपलब्धीहरु समेत हात पार्न सकिनेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा मोटिभेसन स्पिकर रबि किरणले विद्यार्थीहरूलाई अनुशासन, नियमितता, सम्मान र कर्तव्यबोधसहित अध्ययनमा अघि बढ्न प्रेरणा प्रदान गर्नुभएको थियो ।
नयाँ भर्ना भएका विद्यार्थीहरू कार्यक्रमप्रति निकै उत्साहित देखिएका थिए। अभिमुखिकरण कार्यक्रमले विद्यालयप्रति आत्मीयता बढाएको र नयाँ परिवेशमा सहज रूपमा घुलमिल हुन सहयोग पुग्ने बिद्यालयले जनाएको छ । कार्यक्रमले विद्यार्थीहरूलाई सकारात्मक ऊर्जा र मार्गदर्शन प्रदान गर्दै शिक्षाको यात्रालाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रारम्भिक चरणमै विद्यार्थीहरूलाई मार्गदर्शन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम बिद्यालयका प्रध्यानाध्यापक श्रीधर गोराथोकीको अध्यक्षता तथा बिद्यालय सन्चालक समितिका अध्यक्ष किशन गुरुड। , बिद्यालयका निवर्तमान अध्यक्ष चिन्तामणी धिताल , बिद्यालय सन्चालक समिति सदस्य संदिप गुरुड। , त्रि मा बि बिद्यालयका प्रध्यानाध्यापक तथा अभिभाबक संघका निवर्तमान अधयक्ष श्रषि राज शर्माको विशेष आतिथ्यतामा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य बिद्यालयका निवर्तमान अध्यक्ष चिन्तामणी धितालले राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन गणेश बिष्टले गर्नुभएको थियो ।