दाङमा उपनिर्वाचन ः साझा पार्टीको उम्मेदवार टुंगियो
हेकुली, १६ कात्तिक ।
साझा पार्टीले दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ मा हुन गईरहेका उपनिर्वाचनकालागि उम्मेदवारको टुंगो लगाएको छ ।
शनिबार पार्टीले सोही क्षेत्रमा उम्मेदवारकालागि स्वास्थ्य क्षेत्रमा क्रियाशील शिब चौधरीलाई उम्मेदवार घोषणा गरेको हो ।
साझा पार्टीका केन्द्रीय संयोजक रबिन्द्र मिश्र, प्रदेश नं. ५ का संयोजक अनुपमान सैंजु, प्रदेश नं. ६ का संयोजक गेहेन्द्र दहाल, जिल्ला संयोजक मधुसुदन केसीले उपनिर्वाचनकालागि उम्मेदवारको घोषणा गरेका हुन् । शनिबार दंगीशरण गाउँपालिकाको हेकुलीमा कार्यक्रम गरि उम्मेदवार घोषण गरिएको पार्टीका संगठन बिभाग प्रमुख बिनोद न्यौपानेले जानकारी दिए । उम्मेदवार टुंगो लागिसकेकाले चुनाब प्रचारप्रसारको काम शुरु भईसकेको पार्टीका तुलसीपुर नगर संयोजक केपि न्यौपानेले बताए ।
दंगीशरण गाउँपालिका वडा नं. ५ डाडाचिस निवासी चौधरी सामाजिक क्षेत्रमा क्रियाशिल तथा बौदिक भएकाले पनि उम्मेदवार बनाईएको उनको भनाई छ ।