सिमेन्ट उद्योगमा काम गर्ने मजदुरको मृत्यु
तुलसीपुर, १७ कातिक ।
दाङमा सिमेन्ट उद्योगमा काम गर्ने एक मजदुरको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका ३ स्थित सगरमाथा सिमेन्ट उद्योगमा काम गर्ने क्रममा शनिबार साँझ लडेर गम्भीर घाईते भएका भारत उत्तर प्रदेशका ४५ बर्षीय रमेश कुमार पट्रलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो । लडेर टाउकोमा चोट लागेका रमेशको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।
कारखानाको निर्माणाधिन भवनको फर्मा बनाउने क्रममा उक्त दुर्घटना भएको हो ।