राप्ती लाईफ केयरमा ४ जना एपेन्डिसाईटिसका विरामीको सफल अप्रेसन
तुलसीपुर, ८ पुस ।
तुलसीपुर ५ स्थित राप्ती लाईफ केयर हस्पिटलमा एक महिनामा ४ वटा एपेन्डिसाइटिस्का बिरामीको सफल अप्रेसन भएको छ । गएको मंसिर महिनाभरि ४ जनाको सफल अप्रेसन भएको हस्पिटलका प्रबक्ता जीवन भण्डारीले बताए । उनका अनुसार पछिल्लो समय अस्पतालमा यो सेवा लिन आउने विरामीको संख्या पनि बढेको छ । ‘हामीले गएको महिनामात्रै चारजना विरामीको एपेन्डिसाईटिस्का बिरामीको सफल अप्रेसन गरेका छौं’ उनले भने‘यसरी अस्पतालमै सफल अप्रेसन भएपछि उक्त सेवा लिन आउने विरामीको संख्या बढेको छ ।’ डा. सुनिल खनियासहितको टोलीले अहिले अस्पतालमा एपेन्डिसाईडको अप्रेसन गरिरहेको समेत उनले बताए ।
साथै अस्पतालले गएको महिनामा ५१ जना हाड भाँच्चिएका विरामीको उपचार गरेको समेत बताए । डा. सवल गैरेसहित चिकित्सकहरुले टोलीले अहिले उपचार गरिरहेको समेत प्रबक्ता भण्डारीको भनाई छ । पछिल्लो समय अस्पतालले जटिल प्रकृतिका बिरामीहरुको समेत उपचार गरिरहेको छ । यसरी जटिल प्रकृतिका बिरामीहरुको सफल अप्रेसन भएपछि विरामीको संख्यापनि बढ्दै गएको हो ।
के हो एपेन्डिक्स ?
एपेन्डिसाइटिस शरीरको एपेन्डिक्स नामक आन्द्राको भागमा हुने रोग हो । शरीरमा हुने छोटो र पातलो थैलीलाई एपेन्डिक्स भनिन्छ । जसको लम्बाइ दुईदेखि तीन इन्चसम्मको हुन्छ । यो मलद्वारसँग जोडिएको हुन्छ । एपेन्डिक्समा हुने दुखाइ र यो सुन्निनुलाई एपेन्डिसाइटिस भनिन्छ । एपेन्डिसाइटिस पेटको दुखाइबाट सुरु हुने गर्छ । यस्तो दुखाइ पटक–पटक हुन्छ । बिस्तारै दुखाइ पेटको तल्लो दाहिने भागमा सर्ने गर्छ, जहाँ एपेन्डिक्स हुन्छ । र, बिस्तारै दुखाइले गम्भीर रूप लिन थाल्छ । जसलाई एपेन्डिसाइटिस हुन्छ उसलाई भोक कम लाग्ने, अनुहार रातो देखिने हुन्छ । एपेन्डिसाइटिस भए छोटो समयमै पेटको सर्जरी गर्नुपर्ने हुन्छ । यस्तो अप्रेसनलाई एपेन्डेटोक्मी भनिन्छ । एपेन्डिसाइटिसको सम्भावना हुनेबित्तिकै सर्जरी गर्ने सल्लाह दिने गरिन्छ । किनभने, एक त यसको स्पष्ट निदान गर्न गाह्रो छ । अर्को एपेन्डिक्स फुट्नुभन्दा शल्यक्रिया गर्नु कम जोखिमयुक्त हुन्छ । यसको शल्यक्रिया गर्दा अन्य दीर्घकालीन समस्याबाट पनि बच्न सकिन्छ ।