प्रदेश स्तरीय अपांगता बालबालिकाले पढ्ने स्कुल घोराहीमा

घोराही, २४ माघ

दाङको घोराहीमा प्रदेश स्तरीय अपांगता भएका बालबालिकाले अध्ययन गर्ने विद्यालय बन्ने भएको छ । घोराही उपमहानगरपालिका १४ प्रावि बालमन्दीर रहेको स्थानमा प्रदेशभरी रहेका अपांगता भएका बालबालिकाले आबासियरुपमा अध्ययन गर्ने गरी विद्यालय बन्ने भएको छ ।

अहिले पहिलो चरणमा विद्यालयको डिपिआर तयार भएको छ । दुई तलाको अपांगता मैत्री भवन बन्ने र पढाईका लागि १० वटा कोठा हुने छ । पढाई कक्षा, आवासिय कोठा, खेल मैदान, चमेना गृह र पार्कीङ स्थल सहितको भवन बन्ने गरी नक्सा तयार भएको छ ।

शान्ता कन्सल्टेन्सी प्रालीले डिपिआर तयार पारेको छ भने लागत स्टीमेटको काम अन्तीम चरणमा पुगेको प्रालीका ईन्जिनियर सुमन ढकालले जानकारी दिनुभयो ।

फरक क्षमता भएका बालबालिकाको पढाईका लागि विषेश शिक्षा अन्तरगत आवासीय विद्यालयको भौतिक संरचनाको काम आगामी ३ बर्षमा सक्ने योजना रहेको विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीले जानकारी दिनुभयो ।

उक्त भवन निर्माणका लागि करिब १० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अब लागत इस्टिमेटको काम अन्तीम अबस्थामा पुगेको र त्यसपछि छिट्टै टेण्डर आह्वान भएर निर्माणको काम सुरु हुने उहाँले जानकारी दिनुभयो ।।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर