बुढाको स्मृति दिवस
घोराही, ११ फागुन
नेकपाका नेता तथा तत्कालीन घोराही १६ का वडाध्यक्ष लक्षिणप्रसाद बुढा मगरको पहिलो स्मृति दिवस घोराहीमा मनाइएको छ । बुढा जन्मेको अबसर पार्दै आज घोराहीमा स्मृति दिवस तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
लक्षिणप्रसाद बुढा मगर स्मृति प्रतिष्ठानको आयोजनामा कार्यक्रम गरिएको हो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमालेबाट घोराही १६ मा २०७४ साल असार १४ गते भएको स्थानीय तहको निर्बाचनमा वडाध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष कुलप्रसाद बुढा मगरको अध्यक्षता तथा घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । २०२५ साल फागुन ११ गते रोल्पाको गैरीगाउँ गाबिस ७ रानीमाला गाउँमा जन्मीनुभएका बुढा रोल्पामा २०५४ मा भएको स्थानीय निकायको निर्बाचनमा वडाध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।
२०५७ सालमा घोराही बसाई सार्नुभएका बुढाले स्थानीय तहको निर्बाचनबाट वडाध्यक्ष पदमा निर्बाचित भएको छोटो समयमै वडास्तरमा लोकप्रिय कार्यक्रम सञ्चालन गर्नुभएको थियो । वडालाई खरका छानामुक्त अभियान चलाउनुभएका बुढाले थप कार्यक्रम भने गर्न पाउनुभएको थिएन ।
कार्यक्रममा बोल्ने बक्ताहरुले लक्षिणप्रसाद बुढा जनताकाबीचमा लोकप्रिय नेताको छबि बनाएको स्मरण गर्दै वडाको बिकासका लागि निकै राम्रो भूमिका खेलेको बताएका थिए । कार्यक्रममा घोराही उपमहानगरका प्रमुख अतिथी नरुलाल चौधरीले वडाध्यक्ष पदमा निर्बाचित भएर निकै राम्रो काम गरेको बताउनुभएको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष खिमबहादुर बुढाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नेकपाका जिल्ला सचिबालय सदस्य मनोहर बुढाथोकी, डा. लोकराज पराजुली, बुढाका भाई ईश्वर बुढाले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिब केशब गिरीले गर्नुभएको थियो ।।